दमौली । जनता समाजवादी पार्टी तनहुँमा विवाद देखिएको छ । विवादका कारण तनहुँमा सो पार्टीको समानान्तर समिति गठन भएको छ ।
शनिबार आयोजित भेलाले जनार्दन वियोगी नेपालीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा नारायणबाबु लोहनी, जितबहादुर बराल, धनमाया गौली, सचिवमा बोमबहादुर गमाल, कोषाध्यक्षमा भिष्म पौडेल र सहसचिवमा कुमार कार्की चयन भएका छन् ।
यसैबीच उक्त पार्टीका अध्यक्ष कृष्णबहादुर गुरुङले भने समिति गठनवाई लिएर आपत्ति जनाएका छन् । प्रेस विज्ञप्तीमार्फत् उनले पार्टीलाई हानी हुने गरी गुटगत भेलाको निन्दा गरेका छन् ।