मिर्गौला पीडित पण्डितको उपचारमा सहयोग गर्न अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडित पण्डितको उपचारमा सहयोग गर्न अपिल

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दमौली । नेपाल निजामति कर्मचारी संगठन तनहुँले संगठनका केन्द्रीय सदस्य रामचन्द्र पण्डितको उपचारमा सहयोग गर्न अपिल गरेको छ । दुवै मिर्गौला फेल भएर उपचाररत पण्डितको सहयोगका लागि संगठनले अपिल गरेको हो ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत पण्डितके केही समय अगाडी दुवै मिर्गौलामा समस्या आएको थियो ।

    नेपालमा उपचार सम्भव नभएका कारण कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको संगठनका जिल्ला अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए । निजको आर्थिक स्रोतले मात्र धान्न नसक्ने अवस्था रहेकाले सबैसँग सहयोगको अपिल गरिएको उनले बताए ।

    सहयोगका लागि निजामति कर्मचारी संगठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर 3520100000463001 वा माछापुच्छ्रे बैंकमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर 1236524111339011 मा रकम जम्मा गर्न सकिनेछ।