दमाैली । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा सदस्य र सल्लाहकार मनोनित गरिएको छ । प्रदेश क्षेत्र सभापति जितराज रानाको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले सदस्य, आमन्त्रित सदस्य, प्रवक्ता र सल्लाहकार सदस्य मनोनित गरेको हो ।
प्रदेश सभा क्षेत्रीय समिति सदस्यमा शुक्लागण्डकीका सरिता राना, म्याग्देका खेमराज रेग्मी, शुक्लागण्डकीका नरदेवी गुरुङ, भेषमाया भुजेल र सुमित्रा बस्नेत मनोनित भएको सहसचिव राजेशकुमार श्रेष्ठले जानकारी दिए ।
आमन्त्रित सदस्यमा शुक्लागण्डकीका सचिन भुजेल, ऋषिराम महत, म्याग्देका बमबहादुर मस्राङ्गी, नरबहादुर आले, व्यासका सूर्यकान्त काफ्ले, म्याग्देका दुर्गाराज थापा मगर, शुक्लागण्डकीका सञ्जिव श्रेष्ठ, म्याग्देका खमबहादुर गन्धर्व, शुक्लागण्डकीका उदयराज पौडेल र मिना ढकाल मनोनित भएका छन् । कोषाध्यक्षमा हिरालाल गुरुङ र प्रवक्तामा खेमराज रेग्मी चयन भएका छन् ।
यसैगरी सल्लाहकार सदस्यमा कृष्णहरि वाग्ले, मुनिराज गुरुङ, प्रेमबहादुर थापा, देउबहादुर गुरुङ, नरसिं राना, विष्णुहरि पाठक, शिवकुमार श्रेष्ठ, चित्रबहादुर थापा, भानुभक्त पण्डित, धु्रवराज गौतम, पूर्णबहादुर कायस्थ, धर्मराज घिमिरे, धिरजविक्रम खाँण, कृष्णबहादुर रानाभाट, फत्तबहादुर गुरुङ, इश्वरबहादुर क्षेत्री, टेकनारायण कोइराला, महिप ज्वारचन र चन्द्रबहादुर परियार चयन भएका छन् ।