प्रगतिशील कानुन मञ्च तनहुँकाे अध्यक्षमा ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रगतिशील कानुन मञ्च तनहुँकाे अध्यक्षमा ढकाल

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दमाैली । प्रगतिशील कानुन मञ्च (पिपिएलए) तनहुँकाे अध्यक्षमा अधिवक्ता शिवदत्त ढकाल चयन भएका छन् । मञ्चकाे आइतबार दमौलीमा भएको भेलाले ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

    मञ्चकाे उपाध्यक्षमा इन्द्राकुमारी थापा, सचिवमा त्रिभुवन श्रेष्ठ, कोषाध्यक्षमा शंकर बास्तोला र सदस्यहरुमा हरिश्चन्द्र अर्याल, विष्णुभक्त सिग्देल र नारायण मरासिनी चयन भएका छन् ।