जिल्ला लिग : अजम्बरी शीर्ष स्थानमा (अङ्क तालिका सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    जिल्ला लिग : अजम्बरी शीर्ष स्थानमा (अङ्क तालिका सहित)

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०७८, सोमबार

    दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा)को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगितामा डुम्रेस्थित अजम्बरी युवा क्लव शीर्षस्थानमा पुगेको छ । तीन खेलमा अपराजित हुँदै अजम्बरी क्लव लिगको शीर्ष स्थानमा पुगेको हो ।

    अजम्बरीले तीन खेल जित्दै नौ अङ्क प्राप्त गरेको छ । अजम्बरी समूह ए को शीर्षस्थानमा रहन सफल भएको छ । सोही समूहमा रहेको दोभान क्लवले तीन खेलबाट सात अङ्क प्राप्त गरेको छ । दुई जित र एक बराबरी खेलेको दोभान समूह ए को दोस्रो स्थानमा छ ।

    अकला युवा क्लवले चार खेलबाट चार अङ्क प्राप्त गरेको छ । अकलाले एक जित, एक बराबरी खेलेको छ भने दुई खेल पराजित भएको छ । त्यस्तै हैरान्स क्लवले तीन खेलबाट एक अङ्क प्राप्त गरेको छ । हैरान्सले एक खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ । मस्र्याङ्दी क्लव तीन खेलबाट एक अङ्क प्राप्त गरी समूहको अन्तिममा छ । मस्र्याङ्दीले एक खेल बराबरी खेलेको छ भने दुई खेल पराजित भएको छ ।

    No description available.

    समूह वि को शीर्ष स्थानमा रहेको अलस्टार क्लवले दुई खेलबाट छ अङ्क प्राप्त गरेको छ । अलस्टारले दुवै खेल जितेको छ । दोस्रो स्थानमा रहेको खैरेनीटार क्लवले तीन खेलबाट छ अङ्क प्राप्त गरेको छ । खैरेनीटारले दुई खेल जितेको छ भने एक खेल हारेकाे छ ।

    भिमाद क्लव तीन खेलबाट पाँच अङ्क प्राप्त गरी समूह वि को तेस्रो स्थानमा छ । भिमादले एक खेल जितेको छ भने दुई खेल बराबरी खेलेको छ । नवमित्रता क्लवले तीन खेलबाट एक अङ्क प्राप्त गरेको छ । नवमित्रताले एक खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजय बेहोरेको छ । पुलजीप क्लव तीन खेलबाट एक अङ्क प्राप्त गरी उक्त समूहको अन्तिममा छ । पुलजीपले एक खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजय बेहोरेको छ ।

    यसैगरी लिग अन्तर्गत आज भएको खेलमा खैरेनीटार क्लव विजयी भएको छ भने अन्य दुई खेल बराबरीमा टुङ्गिएको सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।

    पुलजीप र खैरेनीटारबीच भएको खेलमा खैरेनीटार १–० ले विजयी भएको छ । भिमाद र नवमित्रताबीच भएको खेल १–१ तथा अकला र मस्र्याङ्दीबीच भएको खेल २–२ को बराबरीमा सकिएको हो ।

    प्रतियोगिता अन्तर्गत मङ्गलबार अजम्बरी र दोभान, भिमाद र अलस्टार, पुलजीप र नवमित्रताबचि खेल हुनेछ ।

    प्रतियोगितामा समूह ए को विजेता समूह वि को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह वि को विजेताले समूह ए को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ ।

    प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।