दमौली । मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयले पुनः मतदाता परिचयपत्र दिने भएको छ। आगामी वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय निर्वाचनमा कुनै पनि मतदाता मतदान कार्यबाट वञ्चित नहुन भन्नका लागि कार्यालयले यो व्यवस्था गर्न लागेको हो।
तनहुँका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले यसअघि कार्यालयबाट मतदाता परिचय पत्र दिएका तर हाल सो परिचयपत्र हराएको वा नष्ट भएका व्यक्तिले अर्को मतदाता परिचयपत्र दिन सकिने बताए ।
उनले त्यस्ता मतदाताले आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा पेश गर्नुपर्ने जानकारी दिए ।
उनल कारणवश पहिले लिएका तर हाल सम्बन्धित व्यक्तिसँग मतदाता परिचयपत्र नभएको अवस्थामा पुनः अर्को परिचयपत्र व्यवस्था गर्न सकिने अवस्था रहेको बताए। निर्वाचन आयोगले नै परिपत्र गरेर यस्तो निर्देशन दिएको हो।