परिणाममुखी काम गर्न सांसद सिग्देलको आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परिणाममुखी काम गर्न सांसद सिग्देलको आग्रह

    विवि श्रेष्ठ

    ९ फाल्गुन २०७८, मंगलवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केदार सिग्देलले सडक डिभिजन कार्यालय तनहुँको मंगलबार निरीक्षण गर्दै परिणाममुखी काम गर्न आग्रह गरेका छन् । सांसद सिग्देलले सडक अन्तर्गत भईरहेको काम र प्रगति विवरणको बारेमा छलफल गर्दै परिणाम देखिने गरी काम गर्न आग्रह गरे ।

    उनले श्रृङ्गपथ अन्तर्गत रहेको गाईघाट तनहुँ सडक खण्ड, मादी करिडोर, खैरेनीटार, भिमाद, भुमरीघाट सडक खण्ड, झापुटार भिर्कोट कालोपत्रे सडक मार्गको प्रगति विवरण र भईरहेको ढिलाई प्रति चासो व्यक्त गरेका थिए ।

    यसैगरी स्थानीय पुल निर्माणको क्रममा रहेको जिद्धी खोला पुल भिमाद, सेतीगण्डकी पुल खैरेनीटार, क्वाङदी खोला मोटरवेल पुल योजनाको कार्य प्रगति विवरणको बारेमा सांसद सिग्देलले चासो राखेका थिए ।

    कार्यालयका ईन्जिनियर र सरोकारवाला पक्षसँग बसेर जनताको अत्यावश्यक योजनाका काम समयमा नै सम्पन्न गर्नका लागि उनले निर्देशन समेत दिएका थिए । सम्झौता गर्ने तर समयमा सम्पन्न नगर्ने योजनाको ठेकेदारलाई समेत कानुन बमोजिम कारवाही गर्न उनले निर्देशन दिए ।