पदमपाणी मिश्र स्मृति अक्षयकोषबाट १२ विपन्न विद्यार्थीलाई छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पदमपाणी मिश्र स्मृति अक्षयकोषबाट १२ विपन्न विद्यार्थीलाई छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७८, शुक्रबार

    दमौली । व्यास नगरपालिका-११ शेरास्थित वसन्त आधारभूत विद्यालयमा स्थापना गरिएको पदमपाणी मिश्र स्मृति अक्षयकोषबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

    बुद्धि मिश्र र नारायणदत्त मिश्रले आमाबुबाको नाममा स्थापना गरेको अक्षयकोषको व्याजबाट १२ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो।

    एक लाख अक्षयकोषको प्राप्त २४ हजारको नगद तथा शैक्षिक सामग्री वितरण गरिएको विद्यालयकी प्रधानाध्यापक शर्मिला ओझाले जानकारी दिइन् । कोभिड-१९ का कारण वार्षिक रुपमा वितरण गर्नुपर्ने छात्रवृत्ति तीन वर्षको एकमुष्ठ रुपमा वितरण गरिएको हो ।

    कार्यक्रममा व्यास-११ का वडाध्यक्ष नीरबहादुर खड्का, विद्यालयका अध्यक्ष श्रीराम आले, शेरा टोल विकास संस्थाका अध्यक्ष गोपाल घर्ती लगायतले छात्रवृत्तिले विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने बताए ।