तनहुँमा भ्यासेक्टोमी तथा मिनील्याप शिविर हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा भ्यासेक्टोमी तथा मिनील्याप शिविर हुने

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७८, शुक्रबार

    दमाैली । स्वास्थ्य कार्यालय तनहुँको आयोजना तथा मेरी स्टोप्सको प्राविधिक सहयोगमा तनहुँका विभिन्न स्थानमा भ्यासेक्टोमी तथा मिनील्याप शिविर सञ्चालन गरिने भएको छ । सन्तानको रहर पुगेका दम्पत्तिलाई लक्षित गरी जिल्लाका पाँच स्थानमा शिविर सञ्चालन हुन लागेको हो ।

    शिविरमा दक्ष तथा अनुभवी डाक्टरद्वारा महिला तथा पुरुषका लागि निःशुल्क स्थायी बन्ध्याकरण गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जानकारी दिए ।

    फागुन २० गते भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा, २१ गते शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार स्वास्थ्य चौकीमा, २३ गते भानु नगरपालिकास्थित रुपाकोट स्वास्थ्य चौकीमा, २५ गते देवघाटस्थित धर्मार्थ अस्पतालमा र २७, २८ र २९ गते दमौली अस्पतालमा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।