निजामती कर्मचारी सङ्गठन तनहुँको अध्यक्षमा ठकुरी, सचिवमा त्रिपाठी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती कर्मचारी सङ्गठन तनहुँको अध्यक्षमा ठकुरी, सचिवमा त्रिपाठी

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०७८, शुक्रबार

    दमाैली । निजामती कर्मचारी सङ्गठन तनहुँको अध्यक्षमा पुनः रुद्रसिं ठकुरी चयन भएका छन् । सङ्गठनको शुक्रबार सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

    अधिवेशनबाट सङ्गठनको उपाध्यक्षमा श्रीकान्त न्यौपाने, सचिवमा भगवान त्रिपाठी, सहसचिवमा प्रितम थापा, कोषाध्यक्षमा रमाकान्त खनाल चयन भएका छन् । महिला उपाध्यक्ष खाली राखिएको छ ।

    सङ्गठनको सदस्यहरुमा राजेन्द्र सोती, भेषबहादुर जिसी, सोमकान्त पौडेल, पुष्पहरि रानाभाट, तिलक रानाभाट, अनिल त्रिपाठी, मनप्रसाद नेपाली, धनकुमार तामाङ, उमेश भगत, अन्जु बसौला, भावना ढकाल, भोजहरि रानाभाट र महादेव बराल चयन भएका छन् ।

    केन्द्रीय प्रतिनिधि खुल्लातर्फ सुभाष शर्मा पौडेल र विजयकुमार श्रेष्ठ, महिलातर्फ पार्वती पौडेल, सहकारीतर्फ पुष्प खनाल र सिविएतर्फ कृष्णप्रसाद न्यौपाने चयन भएका छन् ।