दमौली । पॉच दलीय गठबन्धनकै सहमतिमा एमिसिसी पास गर्ने लगभग सहमति भएको छ। सुरुदेखि नै एमसिसीको विपक्षमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एस एमिसिसी पास गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसिसी पास गर्ने तयारी स्वरुप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पटक-पटक वार्ता गरेपछि माओवादी र नेकपा एस झस्किएका छन् । गठबन्धन टुट्ने डरपछि ती दुई दल एमसिसी पास गर्ने निष्कर्षमा पुगेका छन् ।
तर माओवादीकै केही नेताहरु भने एमसिसीको विपक्षमा छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य हेमराज लामिछाने क्षितिजले जुनसुकै वहानामा एमसिसी पास गर्नु राष्ट्रघात भएको बताए । ‘गठबन्धन बचाइराख्ने नाममा जुनसुकै तर्क गरेर वा विधि प्रयोग गरेर एमसिसी पारित गर्नु राष्ट्रघातमा सरिक हुनु हो,’ उनले भने ।