दमौली । म्याग्दे गाउँपालिका-२ काफ्लेथोकमा १६ फिट अग्लो शिवको मूर्ति स्थापना गरिएको छ। काठमाडौमा निर्माण गरी ल्याइएको उक्त मूर्ति शनिबार प्रतिस्थापन गरिएको हो ।
स्थानीयले उपलब्ध गराएको जग्गामा मूर्ति राखिएको बताइएको छ। शिवरात्रीको अवसरमा उक्त मूर्तिको उद्धाटन गर्ने तयारी गरिएको छ।
१५ लाखको लागतमा मूर्ति तयार गरिएको हो । स्थानीयवासीले बाजागाजा सहित मूर्तिलाई जामुने बजार परिक्रमा गराएका थिए ।