हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपा तनहुँमा समाहित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपा तनहुँमा समाहित

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७८, बिहीबार

    दमौली । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपा तनहुँमा समाहित भएको छ । ज्ञानेन्द्र शाही नेतृत्वको उक्त अभियान बिहीबारबाट राप्रपा तनहुँमा समाहित भएको हो ।

    उक्त अभियानमा जिल्ला संयोजक विष्णुभक्त खनालको नेतृत्वमा २१ जनालाई राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले स्वागत गरेका छन् ।

    पार्टीले लिएको राजसंस्था सहितको हिन्दुराष्ट्र, अखण्ड नेपालको पक्षमा शसक्त अभियान चलाइने घर्तीले बताए ।