तीन घण्टादेखि आगलागी नियन्त्रणमा आउन सकेन, हेलिकप्टरबाट पनि पानी हालिदै (फाेटाे/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीन घण्टादेखि आगलागी नियन्त्रणमा आउन सकेन, हेलिकप्टरबाट पनि पानी हालिदै (फाेटाे/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७८, आईतवार

    दमाैली । तनहुँको व्यास नगरपालिका-४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । 

    भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरहरुमा पनि क्षति पुर्याएको छ। व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। 
    सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमै लिने प्रयास गरिरहेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहेका छन् ।

    प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरिक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताए । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन,” उनले भने । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।