शंकरले ल्याए ‘तनहुँ जामुने’ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शंकरले ल्याए ‘तनहुँ जामुने’ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७८, सोमबार

    दुलेगाैडा । तनहुँमै रहेर गायन क्षेत्रमा सक्रिय लोकदोहोरी गायक शंकर पन्तले नयाँ गीत डिजिटल बजारमा ल्याएका छन् । शंकरले ‘तनहुँ जामुने’ बोलको गीत बजारमा ल्याएका हुन् ।

    उनको नयाँ गीत ‘तनहुँ जामुने’ सोमबार शंकर पन्त युट्युब च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । गीतमा पन्तको शब्द र लय सिर्जना रहेको छ । गायनमा उनलाई जिवन सिग्देल र सुनिता बुढा क्षेत्रीले साथ दिएका छन् ।

    ‘जब तिम्रो हँसिलो रुप हेरे
    एकै ठाउँमा अडिए खुब हेरे
    तनहुँ जामुने
    ए म त के राम्रो छु र हो तिम्रो सामुने’

    प्रेम प्रसंगमा केन्द्रित रहेको गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । मौसम हिमालीको निर्देशनमा तयार पारिएको भिडियोमा लोमस शर्मा, दिव्या न्यौपाने, दिवस उप्रेती, पुनम उप्रेतीको अभिनय देख्न सकिन्छ । राम केसीले कैद गरेको भिडियोका दृश्यलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

    यो गीतले आफ्नो सांगीतिक उचाईलाई अझै बढाउने अपेक्षा गरेको गायक पन्त बताउँछन् । ‘करोड क्बल प्रवेश गर्छ भन्ने नहोला । तर, यो भन्दा पहिले बजारमा आएको प्रस्तुतीलाई भन्दा अझ बढी दर्शक स्रोताले रुचाउनु हुनेछ भन्ने आश छ ’, उनले भने । उनले अडियो भिडियो उत्कृष्ट बनाउनलाई कुनै कसुर नराखेको बताए ।

    पन्तका यस अगाडी दर्जनौँ गीत बजारमा आईसकेका छन् । गत बर्ष बजारमा आएको ‘म त हजुर गाम्ले’ सर्वाधिक चर्चामा छ । खेती किसानीमा जिन्दगी खोज्नेलाई विचौलियाले दिने पिडालाई गीतले समेटेको छ । यो गीतले हालै सम्पन्न उत्कृष्ट लोक गितको अवार्ड हात पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गरेको सातौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०७८ मा पन्तको ‘म त हजुर गाम्ले’ गीतले उत्कृष्ट लोक गितको अवार्ड हात पारेको हो ।

    पन्तको ‘स्वास्नी कुटुवा’, ‘बरु मारन’, ‘पृथ्वी नै हल्लिएको हो’, ‘तर्किने माया’, ‘धोको पुगेनर’, ‘हे माया’, ‘कसम मा¥यो मायाले’, ‘गाईको बाच्छी’, ‘तिम्रो विहेको निम्तो’ लगायत केही दशैँ र तीजका गीतहरु बजारमा आईसकेका छन् ।

    शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका पन्त गीत संगीतसँगै अटो मोबाइल्स व्यवसायमा आबद्ध छन् । ७० को दशक पछाडी लोक संगीतको क्षेत्रमा उदाएका उनी पछिल्लो समय नेकपा माओवादी केन्द्रको राजनीतिमा समेत सक्रिय देखिन्छन् ।