दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले यसअघि छुट भएका भूमिहिनलाई निवेदन दिन आह्वान गरेको छ । गत वर्ष फारम भराई निवेदन दर्ता निस्सा लिएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी बाहेक अन्य छुट भएकालाई ३५ दिनभित्र निवेदन दिन गाउँपालिकाले आह्वान गरेको हो ।
फागुन २६ देखि ३५ दिनभित्र गाउँपालिकाको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
“गत वर्ष भरिसकेकाले पुनः भर्नुपर्दैन, छुट भएकाले मात्र निवेदन दिन सूचना जारी गरिएको छ,” उनले भने ।