दमाैली । तपाई आफ्नो प्रियजनलाई शुभकार्यमा उपहार स्वरुप के प्रदान गर्नुहुन्छ ? बहुमूल्य वस्तु , गरगहना वा लत्ताकपडा । पछिल्लो समय भने जन्मदिन, पास्नी , ब्रतबन्ध , विवाह उत्सव वा वैवाहिक वर्षगाँठमा बहुमूल्य उपहारका अलवा बीमालेख दिने प्रचलन बढेकाे छ।
विशेषत भविष्यका लागि आर्थिक रुपमा गरिने बचत र सुरक्षाको भरपर्दो माध्यम बनिरहेकाे छ जीवन बीमा । त्यसरी नै भविष्य प्रतिकाे आर्थिक सुनिश्चितता र सुरक्षाक लागि एक पत्नीले आफ्ना पतिलाई दश लाखकाे बीमालेख उपहार प्रदान गरेकी छन् ।
मध्यनेपाल नपा– ७ भोलेटार निवासी प्रकाश पौडेललाई उनकी धर्मपत्नी सुजता पन्थ पौडेलले सो उपहार प्रदान गरेकी हुन् । युनियन लाईफ ईन्स्योरेन्स दमौली शाखामा सावधीक जीवन बीमा योजना अन्तरगत दश लाखको बीमा पोलीसी खरिद गरी उनले पतिलाई उपहार प्रदान गरेकी हुन् ।
जीवनसाथीलाई सो उपहार प्रदान गर्दा खुशी लागेकाे र अरुलाई समेत फजुल खर्च घटाई आफ्नो र परिवार प्रतिको जिम्मेवारी वहन गर्न बीमा गर्न उनले आग्रह गरिन् ।
भविष्यका लागी किस्ताबन्दीमा गरिने बचत अर्थात जीवन बीमा योजना खरिद गर्नु आफैमा सर्वश्रेष्ठ बचत र जाेखिम वहनकाे विश्वासिलाे माध्यम भएकाे इन्स्याेरेन्सका दमाैली प्रमुख राजकुमार श्रेष्ठले बताए । बीमितले बचत र सुरक्षा मात्र नभई घातक रोग लागे बापत उपचार सुविधा समेत प्राप्त गर्ने हुँदा बीमाकाे विश्वसनीयता र दायरा फराकिलाे हुँदै गएकाे उनी बताउँछन् ।
२ अर्व १५ करोड रुपैयाको लागतमा बीमा समिति मार्फत ईजाजत प्राप्त गरी स्थापित सो कम्पनीको हाल देशभरी २ सय १४ वटाभन्दा बढी शाखा रहेकाे छ ।