दमाैली । नेपाल उत्पीडित जातीय मुक्ति समाजको छैठौं सम्मेलनका लागि तनहुँबाट सात जना प्रतिनिधि चयन भएका छन् । तनहुँ जिल्ला कमिटीको मंगलबार बसेको बैठकले सम्सेर लम्साल, सीताराम सुर्खाली, भरत लाम्गादे, भुवनसिं विक, गणेश विक र महिला तर्फ सुनिता नेपाली र मनिषा विकलाई प्रतिनिधिमा चयन गरेको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ऐतिहासिक छैठौं राष्ट्रिय सम्मेलन चैत्र १५ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।