दमाैली । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पाँचौ चरणको गृह जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका छन् । स्थानीय तहको मिति नजिएकोले जोशीको भ्रमणलाई चासोको रुपमा लिईएको छ ।
नेता जोशीले चैत्र ६ देखि १२ गते गरी साताव्यापी भ्रमण तालिका सार्वजानिक गरेका हुन् । नेता जोशी जनता भेटघाट कार्यक्रम अन्तर्गत गृह जिल्ला आउन लागेका हुन् ।
पहिलो दिन चैत्र ६ गते दमौलीमा आफ्नै निवासमा कार्यकर्ता भेटघाट गर्नेछन् । दोस्रो दिन आइतबार आँबुखैरेनीमा सडक दुर्घटनामा परी ज्यान गुमाउनु भएका शुक्लागण्डकी नगरपालिका–८ निवासी साविक ढोरफिर्दी गाविसका पूर्व प्रधानपञ्च रुद्रसेन ठकुरी लगायतका परिवारजनसँग भेटघाट गर्ने कार्यक्रम रहेकाे सचिवालयले जनाएकाे छ ।
७ गते व्यास नगरपालिकाको बेलवास, ८ गते बर्लाची र सत्रमा भेटघाट कार्यक्रम रहेको छ । उनले ९ गते भानु नगरपालिकाको मानेचौका, १० गते बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिका समेटेर साराङघाट र ग्याँजाटारमा भेटघाट गर्नेछन् । ११ गते आँबुखैरेनी गाउँपालिकाको हिलेखर्कमा भेटघाट गर्नुहुने भएको छ । १२ गते दमौलीमा भ्रमणको समिक्षा गरी राजधानी फर्किने कार्यक्रम रहेको नेता जोशीको सचिवालयले जनाएको छ ।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई मध्य नजर राखि जनताको अभिमत बुभ्mन नेता जोशीले चार चरणको भ्रमण गरिसकेका छन् ।