स्वरुपको आवाजमा गीतकार सागर उदासको ‘गयौ तिमी’ सार्वजनिक हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वरुपको आवाजमा गीतकार सागर उदासको ‘गयौ तिमी’ सार्वजनिक हुँदै

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७८, बुधबार

    दमौली । सुगम संगीतका चर्चित गायक स्वरूपराज आचार्यको सुमधुर आवाज अनि बहुआयामिक गीतकार सागर उदासको शब्द रहेको ‘गयौ तिमी’ गीत सार्वजनिक हुने भएको छ ।

    संगीतकार हरि लम्सालद्वारा संगीतवद्व गीतको भिडिओमा अनिल अधिकारी, पूजा के.सी र सुदिप पौडेलको अभिनय रहेको छ । सागर आचार्यको निर्देशन रहेको भिडिओको छायांकन सुशान पन्थले गरेका हुन् । हाल सम्पादन कार्य भइरहेको उक्त भिडिओको छायांकन व्यास-१० का विभिन्न भाग र हाल चर्चामा रहेको पिजन हिल टिकटक पार्कमा गरिएको भिडियोका ड्रोन पाईलट महेश वाग्लेले बताए ।

    यस्तै गीतकार उदासको अर्को गीत ‘तिम्रो मेरो पिरतीमा’ पनि सार्वजनिक गर्ने तयारी छ ।