दमाैली । व्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा गौरव सापकोटा प्रथम भएका छन् । बालमैत्री स्थानीय शासनमा हाम्रो अभियान तथा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सापकोटा ११७ अंक प्राप्त गरी प्रथम भएका हुन् ।
प्रतियोगितामा ११६ अंक सहित आयुषा कोइराला द्वितीय, १०८ अंक सहित दिपिका श्रेष्ठ तृतीय भइन् भने १०० अंक सहित कस्मी दवाडी र ९६ अंक सहित सुलभ सेढाई सान्त्वना भएका छन् । प्रतियोगितामा १३ विद्यार्थीको सहभागिता थियो ।
प्रतियोगितामा प्रतापसिं गुरुङ, अन्जना तिमिल्सिना र शान्ता बास्तोलाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विजयी विद्यार्थीलाई गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरे ।