दमाैली । नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ तनहुँको अध्यक्षमा रगबहादुर गुरुङ चयन भएका छन् । महासङ्घको शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा अमरराज थापा, सचिवमा शेरबहादुर बोटे, सहसचिवमा कमला भुजेल, कोषाध्यक्षमा रेशमबहादुर थापा चयन भएका छन् । सदस्यहरुमा गिरबहादुर थापा, देउबहादुर थापा, बुद्धसिं थापा, पार्वती गुरुङ, मिनबहादुर गुरुङ, छविलाल श्रेष्ठ, हेममाया थापा, झमबहादुर थापा, शेरजङ्ग थापा, इश्वरी श्रेष्ठ, टेकबहादुर थापा, रोशन श्रेष्ठ, टेकबहादुर भुजेल, आलोक कुमाल, जुननारायण श्रेष्ठ, यामकुमारी भुजेल, सुष्मा कुमाल, बेलकुमारी, भिमबहादुर गुरुङ, रितबहादुर थापा, अम्बर गुरुङ, मनकामना थापा, पार्वती घर्ती, सूर्यकला घर्ती, अनिल गुरुङ, दिलबहादुर तामाङ चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले जातीय आन्दोलन नभई वर्गीय आन्दोलन अहिलेको आवश्यकता रहेको बताए । उनले आदिवासी जनजातिको हकअधिकार सुनिश्चितताका लागि एमाले सदैव प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार सदस्य एकबहादुर राना, जिल्ला सचिव राजेश्वर ढकाल, उपसचिव खिमबहादुर कुमाल, सदस्य बसुन्धरा घर्ती लगायतले बाेलेका थिए ।