दमाैली । राप्रपा तनहुँले सङ्गठन विस्तारलाई तीव्र पारेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्रपाले विभिन्न पालिकामा सङ्गठन विस्तार कार्यलाई अगाडी बढाएको हो ।
राप्रपाले शुक्लागण्डकी नगरपालिका–५ मा आइतबार वडा कार्यालय उद्घाटन गर्नुका साथै वडा कमिटी गठन गरेको छ । उक्त वडाको अध्यक्षमा सुमित पौडेल चयन भएका छन् । वडा कार्यालयको राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले उद्घाटन गरेका छन् ।
यसैगरी राप्रपा आँबुखैरेनी गाउँपालिकाको कार्यालयको शनिबार केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङले उद्घाटन गरेका छन् ।