आफ्नै वडामा काङ्ग्रेसलाई जिताउन नसक्दा प्रश्न उठ्ने गरेको छ : शङ्कर भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आफ्नै वडामा काङ्ग्रेसलाई जिताउन नसक्दा प्रश्न उठ्ने गरेको छ : शङ्कर भण्डारी

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७८, आईतवार

    भानु । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गृहवडामा काङ्ग्रेसलाई जिताउन नसक्दा आफूमाथि प्रश्न उठ्ने गरेको बताएका छन् ।

    तनहुँको भानु नगरपालिका–८ मा आइतबार आयोजित कार्यक्रममा बोल्दै भण्डारीले भने, “मेरो आफ्नै वडा पुर्कोटमा काङ्ग्रेसलाई जिताउन नसक्दा देशभरबाट प्रश्न उठ्ने गरेको छ । काङ्ग्रेसले जितेमात्र राष्ट्रियस्तरमा मेरो इज्जत बढ्छ ।” उनले आफ्नो इज्जतका लागि अब हुने स्थानीय तह निर्वाचनमा पुर्काेटमा काङ्ग्रेसलाई जिताइदिन आग्रह गरे ।

    एमसिसी देशको हितमा छ

    उनले एमसिसी देशको हितमा रहेको बताए । भण्डारीले एमसिसी नेपालको विकासका लागि आवश्यक परियोजना रहेको उल्लेख गरे । एमसिसीका विषयमा कम्युनिष्ट पार्टीले जनतामा भ्रम फैलाएकाले जनता अलमलमा परेको भएपनि जनता विस्तारै सचेत हुन थालिसकेको उनले बताए । “एमसिसीको विरोध गरेर जनतालाई सडकमा पठाउने काम भयो, एमसिसीमा काङ्ग्रेसलाई दोषी देखाउन खोजियो, अहिले एमसिसी ठिक छ भन्ने पक्षमा उहाँहरु पनि आउनुभयो,” भण्डारीले भने।

    भण्डारीले कम्युनिष्टहरुले जनतामा सपना मात्रै बाँडेको आरोप लगाउँदै उक्त सपना पूरागर्नेतर्फ काम नगरेको बताए । नेकपा एमाले र नेकपा माओवादीबीच एकता भई तीन वर्ष कम्युनिष्टको सरकार बनेपनि सरकारले जनभावना अनुसार काम नगरेको भण्डारीको भनाई थियो ।