दमाैली । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको प्रमुखको जिम्मेवारी दोस्रो पटक शङ्करबाबु अधिकारीले पाएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अधिकारीलाई प्रमुखको जिम्मेवारी दिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख राम नेपालीको छोटो समयमै मुस्ताङ सरुवा भएपछि केही दिनदेखि स्वास्थ्य कार्यालय प्रमुखविहिन थियो । अधिकारी कोरोना कहरका बेला स्वास्थ्य प्रमुखको जिम्मेवारीमा थिए ।
कोरोना कहरमा अधिकारीले उत्कृष्ट भूमिका निर्वाह गरेका थिए । सोही बापत उनी प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका थिए ।