दमौली । नेकपा एमाले तनहुँका युवा नेता विष्णुभक्त सिग्देल गण्डकी प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको आइतबार पोखरामा बसेको बैठकले सिग्देललाई सदस्यमा मनोनित गरेको हो ।
घिरिङ गाउँपालिका निवासी सिग्देल एमाले तनहुँको निर्वाचित उपसचिव हुँदै कार्यवाहक सचिव थिए । गत जिल्ला अधिवेशनमा उनी सचिव पदमा पराजित भएका थिए ।