दमौली । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १० गते तनहुँ आउने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन देउवा तनहुँ आउन लागेका हुन् ।
काङ्ग्रेस सभापति समेत रहेका देउवा दमौली र ऋषिङमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन्। जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार दिउँसो १२:३० बजे आठौ तनहुँ महोत्सव र २ बजे ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फाइल तस्वीर
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।