पल शाह प्रकरण : मिसिल सरकारी वकिलमा पुग्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह प्रकरण : मिसिल सरकारी वकिलमा पुग्यो

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७८, सोमबार

    दमाैली । नाबागिललाई जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको थुनामा रहेका नायक पल शाह विरुद्धको मिसिल सरकारी वकिलको कार्यालय पुगेको छ । प्रहरीले अनुसन्धान सकेर उक्त मुद्दाको मिसिल साेमबार सरकारी वकिलको कार्यालय पठाएको हो ।

    शाहविरुद्ध पछिल्लो पटक चैत ४ गते पाँच दिनको म्याद थप गरिएको छ । यसअघि माघ १५ गते सात दिन र २१ गते १२ दिनको म्याद थप गरिएको थियो ।

    प्रहरीले सबै अनुसन्धान सकेर मिसिल सरकारी वकिलको कार्यालयमा पठाएको हो । जिल्ला न्यायधीवक्ता रामचन्द्र शर्माले प्रहरीबाट आजै रायसहितकाे अनुसन्धान प्रतिवेदन आइपुगेकाे खबरपुञ्जलाई जानकारी दिए । ‘प्रतिवेदन अध्ययन गर्दैछाै, समय एकदमै कम छ,’ उनले भने ।

    सरकारी वकिलको कार्यालयले एक÷दुई दिनभित्रै अभियोगपत्र तयार गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

    शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

    किशोरीले आफूमाथि बलात्कार भएको भन्दै शाहविरुद्ध फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । र १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । त्यसपछि किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् ।

    नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।