पल शाह प्रकरण : जाहेरीवालातर्फको बहस सकियो, प्रतिवादीतर्फकाे सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पल शाह प्रकरण : जाहेरीवालातर्फको बहस सकियो, प्रतिवादीतर्फकाे सुरु

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७८, बुधबार

    दमाैली । जबरजस्ती करणी अभियोगमा नायक पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा थुनछेक बहस सुरु भएको छ । शाहको बयान सकिएपछि बुधबारबाट अदालतमा थुनछेक बहस सुरु भएको हो ।

    बुधबार जाहेरीवालाका तर्फबाट अदालतमा बहस भएको छ । जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुंवरले जाहेरीवालाका तर्फबाट सात जनाले बहस गरेको जानकारी दिए । जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा सहितका कानुन व्यवसायीले जाहेरीवालाको तर्फबाट बहस गरेका थिए ।

    बुधबार नै प्रतिवादीका तर्फबाट पनि बहस सुरु भएको कुंवरले खबरपुञ्ज डटकमलाई जानकारी दिए । उहाँका अनुसार प्रतिवादीका तर्फबाट दुई जनाले बहस गरेका छन् । बहस बिहीबार पनि जारी रहने कुंवरले जानकारी दिए । थुनछेक बहस सकिएपछि आदेश आउने कुंवरले बताए ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।