तनहुँका दशवटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दशवटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७८, आईतवार

    दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्लाका दश वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।

    मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना तोकिएका छन् । उनलाई व्यास नगरपालिकाको जिम्मा दिइएको छ ।

    अन्य नौ स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएको आयोगले जनाएको छ । आँबुखैरेनी गाउँपालिकामा प्रमुख मालपोत अधिकृत चिरञ्जीवि पौडेल, ऋषिङ गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव राजेन्द्र न्यौपाने, घिरिङ गाउँपालिकामा हुलाक निर्देशनालय पोखराका प्रमुख किर्तनराज पौडेल, देवघाट गाउँपालिकामा जिल्ला समन्वय अधिकारी थमनसिं थापा निर्वाचन अधिकृत ताेकिएका छन् ।

    बन्दीपुर गाउँपालिकामा राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेल, भिमाद नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायधीवक्ता रामचन्द्र शर्मा, म्याग्दे गाउँपालिकामा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका उपसचिव नवराज आचार्य, शुक्लागण्डकी नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव सरिता रायमाझी र भानु नगरपालिकामा तनहुँ अदालतका श्रेस्तेदार मिनबहादुर कुंवर निर्वाचन अधिकृत तोकिएका छन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।