दुलेगाैडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विमलप्रसाद रिमाल चयन भएका छन् । शुक्लागण्डकीमा क्रियाशील दुई उद्योग वाणिज्य सङ्घको एकीकरणपश्चात् बनेको सङ्घको अध्यक्षमा रिमाल चयन भएका हुन् । रिमाल यसअघि शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घमा क्रियाशील थिए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घ र शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घबीच शुक्रबार एकीकरण घोषणा गरिएको थियाे भने आइतबार कार्यसमिति चयन गरिएकाे छ । एकीकरणपश्चात् पदको भागबण्डा गोलाप्रथाबाट गरिएको छ । शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घबाट अध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव र नौ जना सदस्य चयन भएका छन् भने नगर उद्योग वाणिज्य सङ्घबाट प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र आठ सदस्यको प्रतिनिधित्व भएको छ ।
जसअनुसार प्रथम उपाध्यक्षमा समुन्द्रराम श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सुजित हिराचन, महासचिवमा उपेन्द्र तिमिल्सिना, सचिवमा ऋषिबहादुर बस्नेत र कोषाध्यक्षमा विनोदकुमार मल्ल चयन भएका छन् ।
अब यही संस्थाको आयोजनामा चैत २४ गतेदेखि महोत्सवको आयोजना गरिने भएको छ ।