मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्यमा मन्सुर सहित छ निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्यमा मन्सुर सहित छ निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७८, आईतवार

    दमाैली । नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्यमा दमौली निवासी मन्सुर अहमद निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न छैटौ महाधिवेशनबाट अहमद केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । अहमद यसअघि तनहुँ जिल्लाको सचिव थिए ।

    महाधिवेशनबाट संगठनको केन्द्रीय सदस्यमा अहमद सहित छ जना निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा नुर महमद मियाँ, मुन्नि खातुन, सुलेमान मियाँ, सायरा बानु र खातिजा बानु निर्वाचित भएको बताइएको छ ।