दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेपाली कांग्रेस तनहुँले समयतालिका सार्वजनिक गरेको छ। कांग्रेस तनहुँले वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्रको बैठक बसी उम्मेदवार सिफारिस गर्नका लागि समयतालिका सार्वजनिक गरेको हो ।
कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालका अनुसार वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्रको बैठक बसी सिफारिस गर्न निर्देशन दिइएको छ।
वडाले चैत २१, पालिकाले चैत २३, प्रदेश क्षेत्रले चैत २५, क्षेत्रले चैत २७ सम्म सिफारिस गर्नुपर्नेछ ।