छोरालाई मेयरमा जिताउन जोशीमाथि चुनौति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छोरालाई मेयरमा जिताउन जोशीमाथि चुनौति

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०७८, शुक्रबार

    दमौली । नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि छोरालाई मेयरमा जिताउने चुनौति थपिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेका दिपकराज जोशीलाई जिताएर आफ्नो साख राख्नुपर्ने चुनौति जोशीमाथि देखिएको हो।

    लामो समय नेपाली काङ्ग्रेसको राजनीतिमा रहेका नेता जोशी हाल पार्टी भन्दा बाहिर छन । तनहुँमा लामो समयदेखि रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकराल रहेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा असहयोग गरेको भन्दै पौडेलले जोशीलाई कारवाही गर्न लगाएका थिए । पार्टीबाट निष्कासनमा परेपछि त्यसैको बदला लिने तयारीमा जोशी रहेको उनी निकत नेता बताउँछन् ।

    मेयरमा जोशीको उम्मेदवारी किन ?

    दिपकराज जोशी हाल शिक्षक पेशामा आबद्ध छन । १९९७ मा अध्ययनका लागि अमेरिका गएका उनी १७ वर्ष त्यहाँ बसेर फर्किएका हुन् । टेलिकम्युनिकेशन इन्जिनियर जोशी काठमाडौंमा एक निजी कलेजमा आवद्ध छन् । पहिला त उनी राजनीतिमा आउने सोचमा थिएनन् तर गोविन्दराज जोशी र रामचन्द्र पौडेलको लडाइमा पौडेलले आफ्नो बाटो अवरोध गरेपछि राजनीतिमा उत्रन लागेको उनले बताए ।

    रामचन्द्र पौडेलले आफूलाई दुई पटकसम्म जागिरबाट वन्चित गराएको उनको आरोप छ। करिब ३ बर्ष अघि नेपाल टेलिकमको डाइरेक्टर पदमा सिफारिस दिपकको नाम अन्तिममा पौडेलका कारण हटेको उनी बताउँछन् ।