देवघाटका सबै वडामा कांग्रेसको उम्मेदवार हुन्छ, सबैले जित्नुपर्छ : भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटका सबै वडामा कांग्रेसको उम्मेदवार हुन्छ, सबैले जित्नुपर्छ : भण्डारी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवार हुने बताएका छन् । निर्वाचनमा विभिन्न राजनीतिक दलबीच गठबन्धन गर्ने तयारी भएपनि भण्डारीले देवघाटमा सबै कांग्रेसका उम्मेदवार हुने बताए ।

    कांग्रेस देवघाट समितिको शनिबार कार्यालय उद्घाटन गर्दै भण्डारीले भने, ‘सबै वडामा कांग्रेसले जित्नुपर्छ । टिकटमा दावी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ,’ उनले भने।

    भण्डारीले चुनावमा कांग्रेस कार्यकर्तालाई कसैले उच्छृंखल व्यवहार गर्छ भने चुप लागेर नबस्ने चेतावनी दिए। सामाजिक सुरक्षाभत्ता कांग्रेसले सुरु गरेको दावी गर्दै उनले त्यसलाई एमालेको सरकारले वृद्धभत्ताको नाम दिएको जिकिर गरे।