वर्षाका कारण भएको क्षतिको प्रहरी उपरीक्षक कार्कीद्वारा अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वर्षाका कारण भएको क्षतिको प्रहरी उपरीक्षक कार्कीद्वारा अनुगमन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८३, आईतवार

    तनहुँ ११ असाेज। अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पुगेको क्षति तथा सम्भावित जोखिमको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले स्थलगत अनुगमन गरेका छन् ।

    प्रहरी उपरीक्षक कार्कीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको ११ जनाको प्रहरी टोलीले मुग्लिङ–पोखरा सडकखण्डअन्तर्गत पृथ्वीराजमार्गका विभिन्न जोखिमयुक्त स्थानको अवलोकन तथा अनुगमन गरेको हो।

    टोलीले आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा, बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गा, बन्दीपुर–५ याम्पा, व्यास नगरपालिका–१२ छिर्कने पहिरो तथा घाँसीकुवा पहिरो क्षेत्र, व्यास–५ स्थित आयल डिस्ट्रिब्युटर (पेट्रोल पम्प), म्याग्दे गाउँपालिका–१ बरचौर पहिरो, प्रहरी चौकी थर्पु क्षेत्र तथा शुक्लागण्डकी नगरपालिका–७ शेराटार पहिरोलगायतका जोखिमयुक्त स्थानको अनुगमन गरेको जनाइएको छ।

    अनुगमनका क्रममा प्रहरी उपरीक्षक कार्कीले वर्षाका कारण थप क्षति हुन नदिन प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ परिचालित हुन, जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा विपद्को अवस्था आए तत्काल उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका छन् ।जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो तथा अन्य विपद्को जोखिम बढेकाले प्रहरीले आवश्यक जनशक्ति परिचालन गरी निगरानी तथा सुरक्षा व्यवस्था निरन्तरता दिएको जनाएको छ।