थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइयो

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७८, मंगलवार

    दमाैली । जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर पठाइएको छ । नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबरजस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई मङ्गलबार नवलपुर पठाइएको हो ।

    थुनछेक बहसका लागि नवलपुर पठाइदिन परिपत्र भएपछि शाहलाई पठाइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन् ।

    शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो ।

    कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ । नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।