१३ वर्षीया बालिका ऋषिङबाट सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    १३ वर्षीया बालिका ऋषिङबाट सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटकी १३ वर्षीया बालिका सम्पर्कविहिन भएकी छन् । स्थानीय खमबहादुर परियार र नौमाया परियारकी छोरी बन्दना परियार मङ्गलबारदेखि सम्पर्कविहिन भएकी हुन् ।

    सोही ठाउँको बाल विकास माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत बन्दना मङ्गलबार बिहान कसैलाई नभनी घरबाट हिँडेकी थिइन् । त्यसयता उनी सम्पर्कमा नरहेको नेपाल रेडक्रस सोसाइटी कोटदरवारका सभापति इन्द्र आलेले जानकारी दिए ।

    बिहान ५ बजे घरबाट हिँडेकी उनले ६ः३० बजे छिमेकी गाउँ थप्रेक पुगेर दमौली जाने बाटो सोधेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान ११ः३० बजे सोही गाउँपालिकाको वडा नम्बर १ स्थित गैह्राखुदीमा पुगेकी उनी त्यसपछि सम्पर्कविहिन भएकी हुन् । बालिका बेपत्ता भएपछि उनका परिवार चिन्तित भएका छन् ।