व्यासको मेयर बन्न वर्तमान मेयरदेखि समन्वय प्रमुखसम्मको उम्मेदवारी (तस्वीर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको मेयर बन्न वर्तमान मेयरदेखि समन्वय प्रमुखसम्मको उम्मेदवारी (तस्वीर सहित)

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    दमौली । व्यास नगरपालिकाको प्रमुखका लागि नेपाली कांग्रेसभित्र १५ जनाले आकांक्षा व्यक्त गरेका छन् । कांग्रेस व्यास नगर समितिले आकांक्षीहरुको आवेदन संकलन गरेकामा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    वर्तमान मेयर वैकुण्ठ न्यौपानेदेखि जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसम्मले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्। पूर्व सभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, पूर्व सचिव विश्व बॉस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी, शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ, दिपकराज जोशीले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    यसैगरी उपमेयरका लागि सात जनाको उम्मेदवारी परेको छ । हालका उपमेयर मिरा जोशी सहित नारायणी अधिकारी, कल्पना पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मुन्नि शाही ठकुरी, वीणा कैनीको उम्मेदवारी परेको छ।

    यी हुन् बलियो उम्मेदवार

    मेयरमा उम्मेदवारी दिएकामध्ये वैकुण्ठ, देवकुमार, अशोक र विश्व बलियो उम्मेदवार हुन् । यिनै चार जनामध्ये एकले मेयरको टिकट पाउने चर्चा छ।

    उपमेयरमा भने मिरा जोशी दोहोरिने लगभग निश्चित छ।