भानु । भानु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट ७ जना आकांक्षी देखिएका छन् । उम्मेदवार चयन गर्ने सम्बन्धमा बुधबार आयोजित नगर कमिटीकाे बैठकमा ७ जनाले मेयरमा र ४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् ।
बैठकले उम्मेदवार सिफारिस सम्बन्धी कुनै निर्णय गर्न नसकेपछि प्रस्तावित सबै नामलाई जिल्ला कमिटी मार्फत प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।
मेयरको आकांक्षीहरुमा सुनिल पाण्डे, सीताराम बजगाई, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शंकर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहेका छन् । यसअघि देखि मेयरको आकांक्षीको रुपमा सर्वाधिक चर्चा गरिएका नगर कमिटीका अध्यक्ष प्रेम रानाले आफ्नो इच्छा जाहेर गरेनन् । राना चुनावी कमाण्डर तोकिएका छन् ।
यस्तै उपमेयरमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गिता अधिकारीले नाम दर्ता गराएका थिए । ती नामहरु जस्ताको तस्तै जिल्ला कमिटीमा पठाईएको छ ।
बैठकले नगर कमिटीका अध्यक्ष प्रेम रानाको संयोजकत्वका ५ हजार १ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ ।