भिमाद । भिमाद नगरपालिकाको मेयरका लागि कांग्रेसभित्र सात जना आकांक्षी देखिएका छन् । मेयरका लागि नगर सभापतिदेखि क्षेत्रीय सभापतिसम्मले इच्छा व्यक्त गरेका छन् ।
कांग्रेस भिमाद नगर सभापति अरविन श्रेष्ठ, क्षेत्रीय सभापति चुडामणि खनाल, जिल्ला सहसचिव मिलन आले, इन्दिरा खनाल, गोपालप्रसाद पराजुली, श्यामसुन्दर जोशी र रामकृष्ण रानाले इच्छा प्रस्तुत गरेका छन् ।
त्यस्तै उपमेयरका लागि आठ जनाको दावी छ । उपमेयरका लागि रेशम गैह्रे, इन्द्रकुमारी सिग्देल, याममाया थापा, टुकामणि सिग्देल, निरन्जना खनाल, रोमाया थापा, केवलसिं ठकुरी र देवी सुवेदीको दावी छ ।
कांग्रेस भिमाद सभापति अरविन श्रेष्ठले मेयर/उपमेयरका आकांक्षीबीच छलफल जारी रहेको बताए ।
जिल्ला सभापतिले दावी गरेनन्
भिमाद निवासी कांग्रेस जिल्ला सभापति जितप्रकाश आलेले भने मेयरका लागि दावी गरेका छैनन् । कांग्रेसका अन्य तहका सबै सभापतिले मेयर/अध्यक्षमा दावी गरिरहँदा उनले भने मेयरका लागि दावी नगरेका हुन् ।