दमाैली । व्यास नगरपालिका–४ जलदेवी टोलका आमा समूहले तनहुँ कालिका सहिद पार्कका लागि रु २० हजार पाँच सहयोग गरेका छन् । चैतेदसैंको अवसर पारेर आमा समूहले पार्कलाई उक्त सहयोग गरेका हुन् ।
आमा समूहकी अध्यक्ष गौमाया श्रेष्ठले पार्कका कार्यवाहक अध्यक्ष भगवती न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरिन् । सहिद पार्कमा पूर्वाधार निर्माणका लागि रकम सहयोग गरिएको श्रेष्ठले बताइन् ।