महिला उद्यमीलाई नेतृत्व एवं क्षमता विकास तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महिला उद्यमीलाई नेतृत्व एवं क्षमता विकास तालिम

    खबरपुञ्ज संवाददाता

    २६ चैत्र २०७८, आईतवार

    दमौली । महिला उद्यमीलाई नेतृत्व एवं क्षमता विकास सम्बन्धी ३ दिने तालिम आइतबारदेखि सुरू भएको छ । सौन्दर्य व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि भन्दै तनहुँ सौन्दर्य व्यवसायी संघले तालिमको आयोजना गरेको हो ।

    सौन्दर्य व्यवसायी संघका अध्यक्ष धनमाया पौडेलको अध्यक्षतामा आयोजित तालिममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सौन्दर्य व्यवसाय अत्यन्त राम्रो व्यवसाय भएको बताए । उनले कुनै पनि व्यवसायले सफलता पाउन धैर्य, लगनशील र इमान्दारीताको खाँचो हुने बताए । उनले हरेक काममा नेतृत्वको आवश्यकता पर्ने भन्दै नेतृत्व लिन तयार हुन सहभागिहरूलाई सुझाए ।

    कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती, संस्थाका संस्थापक अध्यक्ष एवं तउवासंघ महिला उद्यमी सभापति सकुन्तला आले, संस्थाका सल्लाहकार एवं महिला उद्यमी महासंघ तनहुँका अध्यक्ष निर्मला मल्ल, पूर्व अध्यक्ष साना रफत मिया, प्रशिक्षक राजेश्वर हड्खले लगायतले बोलेका थिए । २५ जना सहभागी रहेको उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष जुना दरैले र सञ्चालन सचिव सरस्वती थापाले गरेकी थिइन् ।