दमौली । प्रेस चौतारी नेपाल तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठका आमा उजेली श्रेष्ठको मंगलबार निधन भएको हो ।
व्यास नगरपालिका-५ चापाघाट निवासी उनको पाटनस्थित घाटमा दाहसंस्कार गरिएको छ। पत्रकार श्रेष्ठका बुबाको पनि गत पुसमा निधन भएको थियो।