वडा सदस्यबाट राजिनामा दिइन् बसुन्धराले, उपमेयरको बलियो दावेदार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    वडा सदस्यबाट राजिनामा दिइन् बसुन्धराले, उपमेयरको बलियो दावेदार

    खबरपुञ्ज संवाददाता

    ८ बैशाख २०७९, शुक्रबार

    दमौली । व्यास नगरपालिका-४ की वडा सदस्य बसुन्धरा घर्तीले पदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा होमिएकी छिन् ।

    नेकपा एमालेको जिल्ला सदस्य समेत रहेकी घर्तीले शुक्रबार राजिनामा दिएकी हुन्। उनी एमालेबाट व्यासको उपमेयरको आकांक्षी हुन् ।

    विभिन्न संघ संस्था, सामाजिक क्षेत्रमा घर्तीको योगदान रहेको छ । जनजातिको बाहुल्यता रहेको व्यासमा घर्तीले उपमेयरमा उम्मेदवारी दिने तयारीसँगै धेरैको साथ पाउने विश्वास गरिएको छ ।