श्रेष्ठको निधनप्रति श्रममन्त्रीद्वारा दुख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रेष्ठको निधनप्रति श्रममन्त्रीद्वारा दुख व्यक्त

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले व्यवसायी कविराज श्रेष्ठका आमाको निधनप्रति दुख व्यक्त गरेका छन् । शनिबार व्यास-१ भादगाउँस्थित निवासमै पुगेर मन्त्री श्रेष्ठले दुख व्यक्त गरेका हुन् ।

    श्रेष्ठका आमा भूर्कन्य श्रेष्ठको शुक्रबार निधन भएको थियो । श्रेष्ठको निधनले आफूलाई दुखित तुल्याएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

    स्वर्गीय श्रेष्ठको शनिबार मादीसेती घाटमा दाहसंस्कार गरिएको छ ।