आँबुखैरेनीमा एमालेले ऋषि केसीलाई अध्यक्षमा उठाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा एमालेले ऋषि केसीलाई अध्यक्षमा उठाउने

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार


    दमौली । नेकपा (एमाले)ले गण्डकी प्रदेशका २९ पालिकामा उम्मेदवार टुंगो लगाएको छ । शुक्रबार बसेको प्रदेश सचिवालय बैठकले ८५ पालिकामध्ये केहीमा अध्यक्षमात्रै र अधिकांशमा अध्यक्ष–उपाध्यक्षको नाम टुंगो लगाएको हो ।

    तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्षको मात्रै टुंगो लगाईएको छ । एमालेले आँबुखैरेनीमा ऋषि केसीलाई अध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।