केशव स्थापितलाई काठमाडाैकाे मेयर बनाउने एमाले निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केशव स्थापितलाई काठमाडाैकाे मेयर बनाउने एमाले निर्णय

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०७९, शनिबार

    काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले तल्ला कमिटीबाट आएको सिफारिसमध्येका स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यस्तै एमालेले काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ ।