


दमाैली । तनहुँमा सत्तारुढ दलबीच अझै गठबन्धनमा सहमति हुन सकेको छैन । शनिबार रातिसम्म पनि गठबन्धनको टुङ्गो नलागेको हो । आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनको टुंगो नलागेको हो । चार दलीय गठबन्धनको बैठक पटक–पटक बसेपनि सहमति हुन नसकेको हो ।
जिल्लास्तरमा सहमति हुन नसकेपछि अब कांग्र्रेसले सहमतिका लागि प्रदेश समितिमा सिफारिस गर्ने तयारी गरेको छ ।
यता कांग्रेसले वडाध्यक्षका उम्मेदवार भने टुंगो लगाउने तयारी गरेको छ । त्यसका लागि शनिबार अबेरसम्म बैठक जारी छ ।