


दमाैली । नेकपा एमाले तनहुँले वैशाख १२ गते उम्मेदवारी दर्ता गराउने भएको छ । उम्मेदवार नटुङ्गिएकाले एमालेले वैशाख १२ गते सबै पालिकामा उम्मेदवारी दर्ता गराउन लागेको हो ।
स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ । एमाले तनहुँका उपसचिव खिम कुमालले उम्मेदवार टुङ्ग्याउन घनिभूत छलफल भइरहेको जानकारी दिए ।